नियम १४
सोधपुछ वा बयान लिन सूचना पठाउनु पर्ने
(१) सार्वजनिक पद धारण गरेको व्यक्तिलाई अख्तियार दुरुपयोग सम्बन्धी कार्यको छानबिनको सिलसिलामा आयोगले ऐनको दफा १९ बमोजिम सोधपुछ वा बयानका लागि झिकाउँदा देहाय बमोजिम सूचना गर्नु पर्नेछ:

(क) कुनै सार्वजनिक संस्थामा कार्यरत व्यक्तिलाई पत्राचार गरी सोही: संस्था वा कार्यालय मार्फत। (ख) आयोग वा अनुसन्धान अधिकृतले उपयुक्त ठानेमा वा खण्ड (क) बमोजिम पत्राचार गर्दा उक्त व्यक्ति उपस्थित . नभएमा अनुसूची-३ बमोजिमको . ढाँचामा आयोगको अधिकृत: कर्मचारी वा अनुसन्धान अधिकृतले पठाएको प्रहरी कार्यालय मार्फत ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिए तापनि आयोगले तत्काल पक्राउ गरी अनुसन्धान गर्न उपयुक्त ठानेको व्यक्ति वा उपनियम (१) बमोजिम सूचना गर्दा, उपस्थित नहुने व्यक्तिलाई यस नियमावली वा प्रचलित. कानून बमोजिम अनुसन्धान अधिकृतले पक्राउ गर्न-वा त्यस्तो व्यक्ति पक्राउ गर्न अनुसन्धान अधिकृतले आयोगमा कार्यरत प्रहरी कर्मचारीलाई खटाउन वा सम्बन्धित प्रहरी कार्यालयलाई लेखी प॒ठाउन सक्नेछ । त्यसरी आयोगबाट वा सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी कर्मचारीले त्यस्तो व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अधिकृत समक्ष उपस्थित गराउनु पर्नेछ।